बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

चितवन । सुस्त मनस्थिति भएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार भरतपुर महानगरपालिका ६ देवनगरकी १७ बर्षीया एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सोही ठाउँ बस्ने ४५ बर्षीया सोम बहादुर सार्कीलाइ पक्राउ गरेको हो ।
गएको बैशाख १३ गते दिउँसो ३ बजेको समयमा पीडित बालिकालाई आरोपित सार्कीले आफ्नै कोठामा लगी जवरजस्ती करणी गर्ने गरेको भन्ने सूचना प्राप्त भएलगत्तै ईलाका प्रहरी कार्यालय गितानगरबाट खटेको प्रहरी निरीक्षकको टोलीले उनलाई पक्राउ गरेको हो । एसपी अधिकारीले भने, पक्राउ परेका आरोपित सार्कीलाइ थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ ।
लागूऔषध गाँजासहित एक जना पक्राउ ।
यसैबीच, चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी सहायक निरीक्षको कमान्डमा खटिएको गस्ती टोलीले भरतपुर महानगरपालिका २१ रतनपुरबाट सोही ठाउँ बस्ने २१ बर्षीया रुपेश भन्ने दिपेश बि.क लाइ पक्राउ गरेको हो ।
“लागूऔषध गाँजासहित पक्राउ परेका बिक”
शंकास्पद रूपमा हिंडिरहेका पैदलयात्री बिकलाई प्रहरीको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट एक किलो सात सय ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागी चितवन प्रहरीले आफ्नु नियन्त्रणमा लिइएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्