Techie IT
बुधबार, माघ २३,२०८१

पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित ,१९ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४९५ जना संक्रमित थपिएका छन् ।

जसमध्य काठमाडौंमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२८७ जना संक्रमणमुक्त भएका छन् ।

देशभर पछिल्लो २४ घण्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545