सेनाको चारवटा कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

काठमाडौँ। नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
पूर्वी कमाण्ड हिले वा धनकुटा, उपत्यका कमाण्ड काठमाडौँ, मध्य कमाण्ड पोखरा र पश्चिम कमाण्डको सुर्खेतमा मुख्यालय रहने गरी प्रारम्भिक प्रस्ताव गरिएको छ । नेपाली सेनाका हालका १८ वटा बाहिनीमध्ये कुनैमा पाँच वटासम्म बाहिनी रहने अवस्था हुनेछ । उपरथी दर्जाले नेतृत्व गर्ने कमाण्ड अवधारणामा जाँदा सेनामा विशिष्ट श्रेणीको कुनै पनि दरबन्दी थप हुनेछैन ।
लामो अध्ययन, अनुसन्धान, छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको र यस अवधारणालाई सरकारले गत फागुनमा स्वीकृत गरेको प्रवक्ता पौडेलको भनाई छ । ।
प्रवक्ता पौडेलले भने , “कमाण्ड प्रमुखको जिम्मेवारीसम्बन्धी जङ्गी अड्डाले सम्भावित सूचनासमेत निकालिसकेको छ । कमाण्ड मुख्यालय सञ्चालन गर्ने क्रममा यो पहिलो ठोस कदम हो ।”
यस अवधारणा अघि बढेसँगै हालको पृतनाको संरचना क्रमशः खारेज हुनेछ । उपत्यकासहित मुलुकमा हाल सेनाका आठ पृतना छन् । कमाण्ड अवधारणाले ‘अप्रेशन, टयाक्टिकल र स्टाटेजी’ लाई व्यवस्थित गर्नेछ ।
पूर्वी कमाण्डमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही जिल्ला पर्छ भने उपत्यका कमाण्डमा काठमाडौँ, भक्तपुर र ललितपुर समेटिएको छ । पश्चिम कमाण्डमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्ला समेटिनेछन् भने मध्य कमाण्डअन्तर्गत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही जिल्ला पर्छन् ।

कमाण्डसम्बन्धी अवधारणा अघि बढाउँदा सरकारलाई कुनै आर्थिक भार नपर्ने सेनाले जनाएको छ । यद्यपि, समायोजनका क्रममा हुने पुनःसंरचनामा प्रमुख सेनानी र महासेनानीको दरबन्दी भने केही बढ्न सक्ने अनुमान गरिएको छ । धेरै पहिलेदेखि सैनिक व्यक्तिले बौद्धिकरूपमा छलफल गर्दा आवश्यक पर्छ भनेको विषयका रूपमा रहेको कमाण्ड अवधारण सेनाको सङ्गठनलाई युग सुहाउँदो तुल्याउने सन्दर्भमा ऐतिहासिक कदमका रूपमा लिइएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली सेना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्