कोभिड -१९ विरुद्ध सरकार र जनताको हातेमालो जरुरी : ईश्वर पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उनलेले भने , “म नागरिकलाई अपिल गर्न चाहन्छु, सिङ्गो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ, त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ, हामी आफैं जवाफदेही भएर अगाडि बढ्न जरुरी छ ।”उनले अहिलेको निषेधाज्ञा राज्यका तर्फबाट कोभिड–१९ महामारीमा राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी निर्वाह गरेको बताए ।
“कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो, यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न”, उहाँ भन्नुभयो, “आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौँ, जनताले पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।”उनलेले भने।
सङ्कटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्रीलगायत सम्पूर्ण प्रबन्ध गरेको भन्दै उनले यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको , अठार लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकिएको र खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##उपप्रधानमन्त्री ईश्वर पोखरेल, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्