Techie IT
बुधबार, माघ २३,२०८१

एक महिनापछि दैनिक करिब २ लाख जना संक्रमित थपिन्छन् : स्वास्थ्य मन्त्रालय


काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर यही गतिमा वृद्धि भइरे अबको एक महिनापछि नेपालमा दैनिक करिब २ लाखको हाराहारीमा संक्रमित थपिने बताएको छ ।

मन्त्रालयले हाल बढिरहेको संक्रमणको दर नरोकिने हो भने एक महिना पछि दैनिक १ लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरेको हो । ‘अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलिने दर एकदमै उच्च रहेको संकेत गर्छ, यही दरमा संक्रमण फैलिने हो र रोकथामका उपाय प्रभावकारी नहुने हो भने अबको एक महिनामा दैनिक झण्डै एक लाख ९३ हजार संक्रमित हुनसक्ने देखिन्छ,’ स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा. अर्पण श्रेष्ठले भनिन् ।

यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको ३ महिनामा नै देखिने उनको अनुमान छ । त्यस्तै अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने प्रक्षेपण पनि उनले गरेकी छिन् । अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उनको भनाइ छ ।

संक्रमितको दर अहिले नै ३० प्रतिशत माथि पुगिसकेको पनि उहाँले जनाकारी दिनुभयो । यो संक्रमित थपिने गति भारतको भन्दा तीव्र भएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्वास्थ्य मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545