नेपाली सेनाका बजगाईले गरे अनाथ बालबालिकालाई स्टेसनरी सहयोग
पुराणको अवसरमा बजागाईले घर परिवार, कथा बाचन गर्ने गुरुहरु सहित ३३ जनालाई नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य समेत बनाएका छन् ।

खाँदबारी । संखुवासभाको खाँदबारी नगरापलिका–८ का पवन बजागाईले अनाथालय र बहिरा तथा सुसत श्रवण कक्षाका बालबालिकाकाहरु स्टेसनरी सहयोग गरेका छन् । नेपाल आर्मीका कर्मचारी बजागाईले विद्याथीहरुको पढाईमा सहयोग पु¥याउने उदेश्यले स्टेसनरी सहयोग गरेका हुन् ।
माट्स नेपाल द्धारा सञ्चालित अनाथालय र महेन्द्र मावि मानेभञ्याङमा संचालित बहिरा तथा सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गरेको बजागाईले जानकारी दिनुभयो । घरमा लगाएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा बजागाईले उक्त सहयोग गरेका हुन् । सोही अवसरमा पुगेका जिल्ला प्रहरी कार्यालय संखुसभाका डिएसपी नवराज मल्लले पनि अनाथलय र बहिरा तथा सुस्त श्रवण स्रोत कक्षाका विद्यार्थीहरुलाई स्टेसनरी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पुराणको अवसरमा बजागाईले घर परिवार, कथा बाचन गर्ने गुरुहरु सहित ३३ जनालाई नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य समेत बनाएका छन् । रेडक्रसका जिल्ला सभापति सरोज बज्राचार्यले परिवारलाई सामाजिक सेवा क्षेत्रमा अगाडी बढाएकोमा पूर्व रेडक्रस कार्यटोली नेता तथा वरुण बहुमुखि क्याम्पस युवा रेडक्रस सर्कलका पूर्व अध्यक्ष बजगाईलाई धन्यवाद दिनुभयो । सामाजिक सेवाको भावना बोकेका बजागाईले सामाजीक क्षेत्रमा गरेका कार्यहरु सराहनिय रहेको सभापति बज्राचार्यको भनाई छ ।
बजगाईले आफ्नो विवाहको अवसरमा यस अघि बरुण बहुमुखी क्याम्पस खाँदबारीमा १ लाख २५ हजार ५ सय २५ रुपौयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । त्यसैगरी जिल्लामा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुका साथै सुस्त श्रवण तथा वाहिरा श्रोत कक्षाका विद्यार्थीलाई लत्ताकपडा सहयोग गर्नुभएको थियो ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #नेपाली सेना, #पवन बजगाईं, #महेन्द्र माबि मानेभन्ज्यांग, #माट्स नेपाल खाँदबारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्