Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयकोआग्रह


काठमाडौं ।गृह मन्त्रालयले सरकारी आदेश ९निषेधको आदेश०को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : ##आग्रह, #breaking, #गृह मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545