जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय

काठमाडौं । नेपाल सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार वादी भएका र कानुनी हिसाबले फिर्ता लिन मिल्ने १ सय २० जनालाई लागेको १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
नेपाल सरकार वादी भइ चलाएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिकाको आधारमा कानुन र संविधान बमोजिम मन्त्रिपरिषद्ले फिर्ता लिनसक्ने मुद्दा निरन्तर फिर्ता हुने उहाँको भनाइ छ । अहिले फिर्ता लिइएका सबै मुद्दा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तामाथि लागेको उहाँले जानकारी दिनुभयो ।
आफ्ना नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भए जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने जनाउँदै आएको थियो । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिने चेतावनी दिइरहेको बेला बहुमत जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको माग सम्बोधन गर्नुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्