Techie IT
बुधबार, माघ २३,२०८१

ढुवानी र आपूर्तिमा समस्या भए सहजकर्तालाई फोन गर्नुहोसःमन्त्रालय


सीता पौडेल (अर्चना)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज गराउन उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम /सहजकर्ता तोकेको छ ।

मन्त्रालयले ढुवानी र आपूर्तिमा समस्या भए रेस्पोन्स टिम/सहजकर्तालाई तुरुन्त् फोन गर्न अनुरोध गरेको छ ।मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गरि सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत उल्लेख गरेर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा  समस्या भए सम्पर्क गर्न अनुरोध गरेको हो ।

सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी   गर्ने  निर्णय गरेसँगै बजारमा आपूर्ति व्यस्थामा कमि भएको भन्ने जनागुनासोलाई मध्येनजर गदै यस्तो हुन नदिन सहजकर्ता तोकिएको जनाएको   छ ।

मन्त्रालयका अनसुार यो टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्न स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम, #breaking, #उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545