ब्राउनसुगरसहित दुई युवा पक्राउ

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउन सुगर सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा त्रिनपा–३ मिलन चोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खाती रहेको प्रहरीले बताएको छ ।
सोमबार बेलुकी गोप्य सूचनाका आधारमा सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको प्रहरीको भनाई छ । ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##उदयपुर, ##दुई युवा पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्