Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्रहरी नायब उपरीक्षक थापा “उत्कृष्ट प्रहरी घोषित”


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारत प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुर्य बहादुर थापा (सोमबार) जिल्ला प्रहरी कार्यालय चितवनबाट “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।

आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई “चैत महिनाको उत्कृष्ट प्रहरी” घोषित गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गतका ६२ वटा मातहत प्रहरी इकाइहरु मध्यबाट थापालाई “उत्कृष्ट प्रहरी घोषित” गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी ) ओम प्रसाद अधिकारीले जानकारी दिए ।

(एसपी) अधिकारीका अनुसार प्रहरी नायब उपरीक्षक थापाले प्रहरी प्रधान कार्यालय, बाग्मती प्रदेश प्रहरी कार्यालय तथा चितवन प्रहरीको कार्ययोजना बमोजिम फैसला कार्यान्वयनलाइ अभियानकै क्रममा १७१ जना फरार प्रतिवादीलाइ पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाउने कार्यमा सफल कमान्डरको रूपमा उल्लेखनीय कार्य गर्नुको साथै, नक्कली नोट बनाउने फोटोकपी मेसिन, प्रिन्टर, ल्यापटप, कार्डरिर्डर, हार्डडिक्स सहित आरोपितलाइ पक्राउ गर्न सफल भइ घट्नाको अनुसन्धान कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको र प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले ‘उत्कृष्ट प्रहरी घोषित” गरिएको बताए ।

थापा “उत्कृष्ट प्रहरी घोषित” भएसँगै जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएका थिए । एक बर्ष देखी जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त थापा ब्यवसायिक छवि भएका सिनियर प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।

उनलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने भएकोले सम्मान गरिएको चितवन प्रहरीले जनाएको छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिना सम्म राखिदै आईरहेको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरीका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालयले राम्रो काम गर्नेलाई पुरास्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545