Techie IT
मंगलबार, वैशाख ९,२०८२

मन्त्रिपरिषदको बैठक पाँच बजे बस्दै, लकडाउनबारे निर्णय हुन सक्ने


काठमाडौं, १३ वैशाख । मुलुकमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि चिन्तित बनेको सरकारले केही रणनैतिक निर्णयहरू लिन मन्त्रिपरिषदको बैठक बोलाएको छ ।

काठमाडौं उपत्यकासहित भारतसँग सिमाना जोडिएका जिल्लाहरूमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा बढेको छ ।

ती जिल्लाहरूमा कसरी अगाडि बढ्ने र लकडाउनका विषयमा कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको एक मन्त्रीले बताएका छन् ।

बैठक साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठक कोरोनाभाइरसको संक्रमणका विषयमानै केन्द्रित हुन सक्ने जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रिपरिषदको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545