चालकलाई प्रहरीको प्रश्न : ‘तपाईंको मास्क खोई ?’

चितवन । कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्न थालेपछि चितवनमा प्रहरीले सुरक्षा जाँचलाइ थप कडाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार सवारी साधनको जाँच गर्दै आएको प्रहरीले पछिल्लो समय स्वास्थ्य सुरक्षा मापदण्डलाइ समेत मध्ययनजर गर्दै सर्वसाधारणलाई मास्क लगाउन सचेत गराइरहेको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उनले बताए ।
(एसपी) अधिकारीका अनुसार ठाउँठाउँमा खटिएका प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रम गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् । निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गर्छौं, नलगाएको पाइए मास्क निःशुल्क उपलब्ध गराउने कार्य गर्दै आएको उनलेे बताए ।
मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको प्रहरी प्रमुख अधिकारीले गुनासो गरे । उहाँहरु मध्य अधिकांशले आफुसंग मास्क साथमा राख्नुहुन्छ तर, लगाउनुहुन्न ।
उसो, त देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबै भन्दा बढी जोखिम क्षेत्रको रूपमा मानिन्छ । यो समाचार तयार पार्दासम्म चितवन जिल्लामा सक्रिय संक्रमितको संख्या ४६७ नाघेको छ भने मृत्यु हुनेको संख्या ११६ पुगेको छ । तर, पनि मानिसको भीडभाड हुने र आफ्नु स्वास्थ्य सुरक्षालाइ नागरिक स्वयंले नै पालना गरेको भने पाइदैन ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय, स्वास्थ्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्