Techie IT
आईतबार, वैशाख ७,२०८२

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

ओलीले आज (आइतबार) बिहान साढे १० बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

माधवकुमार नेपालसहित केन्द्र तथा प्रदेशका गरी उनी पक्षका ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले आकस्मिक बैठक डाकेको बताइएको छ ।

बैठकमा ती सांसदले बुझाएका स्पष्टीकरणको विश्लेषण गरी कारबाहीबारे निर्णय हुन सक्ने पनि स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले महाधिवेशन आयोजक कमिटी बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545