Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु


चितवन । चितवनमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट शुक्रबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।

ज्वरो र श्वासप्रश्वासको समस्याका कारण बुधबार चितवन मेडिकल कलेजमा भर्ना भएकी रत्ननगर- नगरपालिका २ की ३९ वर्षीया महिलाको आज शुक्रबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहँदा उनीमाथि हिजो (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545