Techie IT
मंगलबार, वैशाख ९,२०८२

बालुवाटारमा खाना खाँदाखाँदै ओलीलाई साथ नदिने भनेर फर्किए बामदेव


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। ओलीसँगको सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको अटुट रहिरहने गौतमको भनाइ रहेको भट्टराईले बताए । भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बामदेव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545