Techie IT
सोमबार, वैशाख ८,२०८२

महन्थ ठाकुरले बोलाए छुट्टै भेला, पूर्व राजपाका सांसदहरु सहभागी हुने


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको छुट्टै बैठक डाक्नुभएको छ। उहाँले पूर्व राजपाका सांसदहरुलाई डाक्नुभएको हो।

अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने बताउनुभएको छ।

लुम्बिनी प्रदेशमा सतहमै देखिएको विवादका कारण जसपा फुटको संघारमा पुगेको आँकलन गरिएको छ। सत्ता समीकरणको सबाललाई लिएर जसपामा दुई धार बनेको अवस्था छ। महन्थ ठाकुरले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले कुनै पनि हालतमा ओली सरकारलाई ढाल्नुपर्ने बताउँदै आउनुभएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महन्थ ठाकुर


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545