आज मात्रै एक हजार ७३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यसमा आठ हजार ५५ को पिसिआर र ६८३ को एन्टीजेन परीक्षण गर्दा क्रमशः एक हजार ६६९ र ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २५१ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ८०६ रहेको छ । निको हुने दर भने ९५ दशमलव नौ प्रतिशत रहेको छ ।
अहिले देशभर आठ हजार ६५९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ को पिसिआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या ११ रहेको छ भने पछिल्लो १२ घण्टामा तीन जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार १०२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय सङ्क्रमण भएकामा १९३ बालबालिका रहेका छन् । यसमा नौ वर्षसम्म उमेर समूहका ४३ र १० देखि १९ वर्ष समूहका १५० जना रहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना भाइरस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्