थप एक हजार २८१ जनामा कोरोना पुष्टि

थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार ५०२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन् । काठमाडौँ ५०५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ७५ हजार ५५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सात हजार २५४ सङ्क्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय आठ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरोना पुष्टि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्