ललितपुरको नागदहमा नाग पञ्चमी मेला

ललितपुर, श्रावण ३१, धापाखेल स्थित नागदहमा आज मेला लागेको छ । नागपञ्चमीको अवसर पारेर मेलाको आयोजना गरिएको हो । मेलाको उद्घाटन संस्क्रिति पर्यटन तथा नागरिक उड्यान् मन्त्री रबिन्द्र अधिकारीले गरेका थिए । मेलाको उदघाटन कार्यक्रम माझ् बोल्दै – मन्त्री अधिकारीले नागदह धार्मिक एबम् पर्यटकिय दुबै दृष्टिले निक्कै महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र रहेकोले यसको बिकास गुरुयोजनालाई मूर्त रुप दिन संघीय सरकारले अवस्यक सहयोग उपलब्ध गराउने प्रतिबद्दता जायर गरे ।
कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ०३ बाट निर्वाचित साम्सद पम्फा भुसालले नागदहको बिकासका निम्ती आफ्नो तर्फ बाट आबस्यक पहल जारी राख्दै आएको र छिट्टै नै यस क्षेत्रको बिकासले थप् गति लिने कुरा प्रती आफु बिश्वस्त रहेको धारणा राखिन । त्यस्तै ललितपुर ३ क बाट प्रदेश सभाका लागि निर्वाचित साम्सद रामकाजी महर्जनले नागदहको प्रबर्दनका निम्ती सरोकारवाला सबैले आ-आफ्नो स्थानबाट पहलकदमी चाल्नुपर्ने कुरा बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उप-प्रमुख गीता सत्यालले नागदहको धार्मिक एबम् पर्यटकिय महत्वको सन्दर्भमा प्रकाश पार्दै यस् को बिकासका लागि महानगरपालिकाले सक्दो सहयोग पुर्याउदै अाइरहेको बताइन् । कार्यक्रममा नागदह मेला तथा मुल समारोह समितिका सम्योजक एबम् ललितपुर महानगरपालिकाका २४ न. वडाका अध्यक्ष दिनेश कार्कीले नागदहको बिकासका निम्ती गुरु योजना तयार पार्ने कार्य सम्पन्न भैसकेको र यस् लाई साकार रुप दिन समिति एबम् वडा स्तरबाट आवस्यक पहलकदमी चाल्दै अाइएको कुरा राखेका थिए ।
मेलामा झाकी र दोहोरी गीत मार्फत दर्शनार्थि एबम् आगन्तुकहरुलाई मनोरन्जन दिलाइेएको छ भने पाकवानका परिकार्, लत्ता कपडा लगायत उपयोगी सामाग्रीका स्टलको प्रबन्ध रहेको छ । साथसाथै मेलामा जलबिहारको आनन्द लिन पनि सकिने छ । त्यसो त नाग पञ्चमीको यस् दिनमा नाग पुजन् का लागि भनेर नागदहमा आउने दर्शनार्थिको लाम पनि निक्कै लामो रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागदहमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्