Techie IT
शनिबार, वैशाख ६,२०८२

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै


काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम राखेको छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने कार्यक्रम तय गरेको छ ।मन्त्रालयलेआफूलाई पायक पर्ने ठाउँबाट सेवा लिन सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम राख्दै आएको छ ।

स्वास्थय मन्त्रालयले बालबालिकालाई कोरोना संक्रमणबाट जोेगाउन स्वास्थ्यका मापदण्ड अपनाएर सावधानीपूर्वक लान र खुवाउन अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545