चितवनका एसपी अधिकारी ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषणबाट सम्मानित

चितवन । सरकारले प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारी लाई ‘प्रबल जनसेवा’ श्री (चतुर्थ) पदकले विभुषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओम प्रसाद अधिकारीलाइ बिभूषणबाट सम्मानित गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत, चैत २७ गते वितरण गर्न बाँकी रहेका अधिकारीलाई आज बैशाख एक गते बुधबार प्रदान गरिएको हो ।
उपरीक्षक अधिकारीलाइ नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभीबृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको बताइएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । वि.सं २०७७ असोज ३ गते राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा उक्त वर्षको विभूषण घोषणा गरिएको थियो ।
विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
वि.सं २०७६ मा ४५० लाई विभूषण दिइने घोषणा भएकोमा कोभिड १९ को प्रभावका कारण सो वर्ष समारोह गरिएको थिएन । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो । सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्