Techie IT
आईतबार, वैशाख ७,२०८२

लागुऔषधसहित युवती पक्राउ


चितवन । चितवन प्रहरीले अवैध लागुऔषधसहित आइतबार साँझ एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ बस्ने २१ वर्षीया निरीशा महतो रहेकी छिन् । उनको साथबाट प्रहरीले डाइजेपाम २५ पिस, फेनेरागन २८ पिस र नुर्फिन २७ पिस बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महत्तो आफैं नै लागुऔषध सेवनकर्ता रहेको र अरुलाई समेत लागुऔषध बिक्रीवितरण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार पक्राउ परेका उनीविरुद्ध लागुऔषध ऐन २०३३ अनुसार कारबाही हुने बताइएको छ । पछिल्लोपटक चितवन प्रहरीले लागुऔषध ओसारपसार तथा सेवनकर्ताहरुमाथि विशेष निगरानी बढाउँदै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545