Techie IT
शनिबार, वैशाख ६,२०८२

अरुण भ्याल्ली भेटेरेन्स फुटबलको उपाधि आयोजकलाई


खाँदबारी : संखुवासभाको खाँदबारीमा जारी अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको उपाधि आयोजक एड्भान्स क्लब मानेभञ्याङले जितेको छ । लोहोरुंङ क्लब पाङ्मालाई २–० गोल अन्तरले हराउदै एड्भान्स क्लबले उपाधी आफ्नो हात पारेको हो ।

उपाधी हातपारेको आयोजक एड्भान्स क्लबले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता लोहोरुंङ क्लवले नगद ५० हजार रुपैयामा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिताको सेमिफाइनललिस्ट हाङथुङ क्लब मादी र मिर्मिरे क्लब तामाफोकलाई नगद १५–१५ हजार रुपैयाँ प्रदान गरिएको हो । विजेता टिमहरुले नगदका साथमा शिल्ड मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उत्कृट खेलाडीमा एड्भान्स क्लबका दिपक चौहान छनौट भएका छन् । उत्कृष्ट खोलाडीलाई तीन हजार रुपैँया प्रदान गरिएको छ ।

खाँदबारी नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा शनिवारबाट सुरु भएको अरुण भ्याल्ली भेटेरेन्स फुटवल प्रतियोगिताको मंगलबार सम्पन्न भएको हो ।

प्रतियोगितामा जिल्लाभरीबाट १० टिमको सभागिता रहेको थियो । खेलमा ३० वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाएको एड्भान्स क्लवका अध्यक्ष इश्वर घिमिरेले बताउनुभयो ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545