Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन । चितवनको भरतपुर अस्पतालमा आज (मंगलबार) एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वर्डा नम्बर १८ का ५२ वर्षीया एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

निमोनिया, मधुमेह र उच्च रक्तचाप भएपछि चैत २२ गते उपचारका लागी भरतपुर अस्पतालमा भर्ना भएका उनी माथि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको बिहान ८:३० बजे मृत्यु भएको हो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले जानकारी दिए ।

यता, रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन भइरहेको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भइरहेको लापरवाहीले कोरोना भाइरसको जोखिम बढ्ने देखिएको छ । मास्क नलगाई हिँड्ने, एक आपसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा चितवनमा कोरोनाको उच्च जोखिम देखिएको छ । जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ६८ रहेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545