Techie IT
शनिबार, वैशाख ६,२०८२

दोलखाको सिँगटीमामा जिप दुर्घटना, चारको मृत्यु, १५ जना घाइते


दोलखा ।दोलखाको सिँगटीमामा एक जिप  दुर्घटनामा परेको छ  । प्रदेश ३(०१(०२३(च(७५८० नम्बरको जिप सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको विगु गाउँपालिकातर्फ जाँदै गर्दा सोमबार राति करिब ११ बजे सिँगटीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले बताएको छ  । जिपमा २२ यात्रु सवार थिए । जिप अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममास् एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना, ##दोलखाको सिँगटी, #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545