नेप्से परिसूचक उच्च विन्दुमा

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७।२० विन्दुले उकालो लागेर दुई हजार ६९१।५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।७८ विन्दुले उकालो लागेर ४८०।२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो ।
आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन ९जिडिपी०को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ ।
बैंकिङ १७।८१, विकास बैंक ३९।३६, निर्जीवन बीमा १६३।७६, उत्पादन १४।०६, लघुवित्त १८८।५६, जीवन बीमा १९७।७९ र सामूहिक लगानी कोष ०।०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९।६२, होटल तथा पर्यटन ७५।१९, जलविद्युत् ४२।६७, वित्त १।३६, अन्य २९।७२ र लगानी ०।३३ विन्दुले उकालो लागेको छ।
कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नबिल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९।९६, महिला लघुवित्त ९।९५, छ्याङ्दी हाइड्रोपावर ९।८७, ज्योति लाइफ इन्स्योरेन्स ९।८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९।८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४।४१, हिमाल दोलखा हाइड्रोपावर ३।९५, युनाइटेड मोदी ३।६५, युनिभर्सल पावर कम्पनी ३।४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३।३६ प्रतिशतले गुमाए ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : ##नेप्से परिसूचक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्