Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते


चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिकाको वडा नम्बर ११ स्थित आँपपानीमा रहेको राप्ती नगरपालिकाको भवन ढलान गरेर थाकलटारबाट चिउडेखोला तर्फ फर्किदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर आज साँझ ७:२५ बजेको समयमा अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा परी चार जनाको पुरानो मेडिकल कलेज र अर्का एक जनाको भरतपुर अस्पतालमा उपचारका क्रम्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त दुर्घटनामा परी अन्य एक दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाँकी छ । यसअघि  भरतपुरको रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भइ पल्टिदा दुइ जनाको मृत्यु भएको थियो । यो संगै आज जिल्लामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545