Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनमा म्याजिक भ्यान दुर्घटना: दुइ जनाको मृत्यु, तीन जना गम्भीर घाइते


चितवन । चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा (आइतबार) दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ९ बजे भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित रामपुर चौकी नजिककै रामपुरबाट शारदानगर टाउन तर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक दुर्घटना हुँदा नाम थर वतन खुल्न नसकेका दुइ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही दुर्घटना परी अन्य सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा भरतपुर महानगरपालिका ६ बस्ने ४७ बर्षीया शारदा परियार, भरतपुर महानगरपालिका १९ बस्ने ३२ बर्षीया शारदा गुरुङ, सोही ठाउँ बस्ने २४ बर्षीया अनुप लामा, भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने ४८ बर्षीया कुमारी बिक, भरतपुर १९ शारदानगरका म्याजिक चालक ३५ बर्षीया रमेश थापा, लमजुङ दोर्जी गाउँपालिका २ बस्ने ३१ बर्षीया बिनोद गुरुङ र रसुवा कालिका गाउँपालिका २ बस्ने १९ बर्षिया प्रदीप घिमिरे रहेका छन् ।

उनीहरुमध्य म्याजिक चालक थापाको अवस्था गम्भीर रहेको छ । उनको दुबै खुट्टा भाँचिएको छ भने, अर्का यात्रुद्वय कुमारी बिक र बबिता गुरुङको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते मध्य अनुप लामाको स्थानीय रामपुर मेडिकलमा उपचार भइरहेको छ भने, अन्य लमजुङका बिनोद गुरुङ र रसुवाका प्रदीप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545