Techie IT
सोमबार, वैशाख ८,२०८२

गोली प्रहार गरेर सुनचाँदी पसल गर्ने व्यक्तिको हत्या


२९ चैत । सिरहा जिल्लामा गोली प्रहार गरेर सुनचाँदी पसल गर्ने व्यक्तिको हत्या भएको छ ।

शनिबार मध्यराति लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

युवकको अपरिचित हतियारधारी समूहले विश्वकर्मालाई गोली हानी हत्या गरेको छ ।

ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले डकैती गर्न आएको हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको बताएका छन् ।

विश्वकर्मामाथि हतियारधारी समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

हतियारधारी समूहले विश्वकर्माकी श्रीमती अमिता विश्वकर्मामाथि पनि धारिलो हतियार प्रहार गरेको छ ।

घाइते अमिताको लहान अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दहालले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोली प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545