Techie IT
शनिबार, वैशाख ६,२०८२

फरार अभियुक्तलाई कानुनी कठघरामा उभ्याउँदै चितवन प्रहरी : एक महिनाको अवधीमा १७१ जना पक्राउ


चितवन । चितवन प्रहरीले फरार अभियुक्तहरुलाइ पक्राउ गर्ने अभियान तीब्र पारेको छ । (एसपी) ओम प्रसाद अधिकारीले जिल्लाको कमान्ड सम्हालेपछि फरार अभियुक्तलाइ पक्राउ गर्ने पहिलो प्राथमिकता अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी इकाइहरुले फरार रहेका १७१ जना भन्दा बढी अभियुक्तहरुलाइ पक्राउ गरेको हो । उनीहरु एक महिनाको अवधिमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओम प्रसाद अधिकारीका अनुसार अदालतबाट दोषी ठहर भई कानुनी राज्यको मुल अबधारणाबाट निर्दिष्ट रही दण्डहिनताको अन्त्य गर्नका लागी फैसला कार्यान्वयन गर्ने क्रममा एक महिनाको अवधिमा २३ बर्षदेखि फरार सहित १७१ जना फरार अभियुक्तलाइ पक्राउ गर्न चितवन प्रहरी सफल भएको बताए ।

पक्राउ गरेकालाइ कैद भुक्तान र जरिवाना असुलीका लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुबाट १८ बर्ष ३ महिना ५ दिन कैद र सात लाख पचहत्तर हजार चारसय तीस कैद तथा जरिवाना असुल भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरी सक्रियताका तीन कारण
अपराध गरेपछि ढिलो–छिटो सजाय भोग्नुपर्छ भन्ने सन्देश दिन फरार अभियुक्त पक्राउ अभियान चलाइएका छन् । अहिले फरार अभियुक्त धमाधम पक्राउ पर्नुमा मुख्य तीन कारणहरु देखिन्छन् ।

पहिलो – हालै धेरै जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । यसपटक प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पनि फरार अभियुक्त पक्राउ गर्न प्राथमिकता दिएकाले धेरैजना समातिएको एक प्रहरी अधिकारी बताउँछन् ।

दोस्रो – अपराध गरेर भागेकाहरू पनि लकडाउनपछि घर फिरेका छन् । भारत तथा अन्य देशमा पुगेका पनि स्वदेश फर्केका छन् । सोही कारण पछिल्लो समय पक्राउ परेका अधिकांश घरमै भेटिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

तेस्रो– तेस्रो कारण प्रोत्साहन रकमसँग जोडिन्छ । अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिलाई पक्राउ गर्दा जरिवानाको २५ प्रतिशत कमिसन प्रहरीले पाउँछन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन भत्ता दिने निर्णय गरिएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545