पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा प्रेस युनियनका इन्द्र गिरी

संखुवासभा – नेपाल पत्रकार महासंघ संखुवासभाको छैटौं अधिवेशनमा ईन्द्र गिरी निर्वाचित भएका छन् । खसेको कुल ३५ मतमध्ये गिरीले २४ मत प्राप्त गरे।
गिरीका प्रतिद्वन्द्वी गंगा बिष्टले मात्र ११ मत प्राप्त गरे । संखुवासभामा कुल मतदाता संख्या ३९ रहे पनि ३५ मत मात्र खसेको हो ।
बुधबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्दी विष्टलाई ११, २४ मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।नव निर्वाचित अध्यक्ष गिरीले “आफ्नो नेतृत्वमा रहेको कार्यकालमा जिल्लामा कार्यरत पत्रकारहरुको हक र हितका लागि तथा जिल्लामा सञ्चालित मिडिया हाउसको स्तरउन्नतिका लागि दिलोज्यान दिएर लागि पर्ने बताएका छन् । उनले भने, ‘परिवर्तित समयसापेक्ष पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने, क्षमतावृद्धि गरी सशक्त र सबल बनाउन लागिपर्ने छु’,।
त्यस्तै, सचिव पदमा प्रेम प्रसाद निरौलालाई पराजित गर्दै मेघराज तामाङ निर्वाचित भएका छन् । तामांगले प्रतिद्वन्दी निरौलालाई ८, २७ को मत अन्तरले पराजित गरेका हुन् । जिल्ला कार्य समितिको ४ सदस्य पदमा सुरेन शाक्य, भविन कार्की, दुर्गेश पौडेल र माधव सुवेदी निर्वाचित भएका छन् । ४ पदका लागि ५ जनाको उमेद्वारी परेकोमा दुर्गामणी कटुवाल पराजित भएका हुन्।
जिल्ला कार्य समितिको उपाध्यक्षमा कृष्णराज शाक्य र कविता कोईराला (महिला उपाध्यक्ष) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्ष पदमा अनिश विष्ट र सहसचिव पदमा खुल्ला तर्फ बाट सुजन बज्राचार्य र समाबेशी तर्फ बाट ध्यान कुलुंग निर्बिरोध निर्वाचित भएका छन् ।
निर्वाचित कार्य समितिको पदावधी ३ बर्षको हुनेछ ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्