Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वरको नागरिक सचेतना समाज नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नागरिक सचेतना समाज, नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ । तारकेश्वर १० मा आज भएको कार्यक्रममा आउँदै गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान र साधारण सभा एकैपटक गरिएको थियो ।

नागरिक सचेतना समाज नेपालका अध्यक्ष प्रा.डा. प्रदिपचन्द्र गौतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेस सांसद् योगेन्द्रराज संग्रौला, विशिष्ट अतिथिहरुमा तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धिताल र प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, तारकेश्वर ८ का अध्यक्ष मनोज कुमार घिमिरे, ९ का अध्यक्ष बलराम सिटौला, वडा १० का सदस्यहरु लक्ष्मी गैरे, मथुरा विष्ट, धुर्व राई, वडा नं. ११ का सदस्य सिता घले र निता खड्का, समाजसेवी लवकुमार बस्नेत, श्यामकृष्ण महर्जन, दिनेस महर्जनको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजका बुद्धिजिवी र बौद्धिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगेन्द्रराज संग्रौलाले नागरिक सचेतना समाज, नेपाललाई प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । त्यस्तै उहाँले एउटा पवित्र उद्देश्य बोकेको संस्थाले ल्याएको कार्यक्रमको योजनाका लागि प्रदेस सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि नगर प्रमुख रामेश्वर बोहोराले संस्थाले नगरको कार्यक्रममा मिल्दोजुल्दो कार्यक्रमहरु ल्याएमा वडा र नगरले त्यस्ता कार्यक्रम लागु गर्न संस्थालाई आवश्यक रकम सहयोग गर्ने बताउनुभयो । नागरिक सचेतना समाजले नगरको विकासका लागि आवश्यक योजनाहरु तय गर्नुका साथै नयाँ कार्यक्रमहरु निर्माण गरेर नगरपालिकालाई सहयोग गर्ने संस्थाको रूपमा विकास गर्न आवश्यक छ । त्यस्तै नगर उपप्रमुख भवानी डोटेल धितालले नागरिक सचेतना समाज, नेपालसँग नगरपालिका हातेमालो गर्दै काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले नयाँ वर्षको शुभकामना दिँदै संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । तारकेश्वर ८ का वडाअध्यक्ष मनोज कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै नागरिक सचेतना समाज, नेपाल तारकेश्वर १० मा मात्र सिमित नभएर तारकेश्वरका सबै वडाहरुमा कमिटि निर्माण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रा.डा. प्रदिपचन्द्र गौतमले संस्थाको वार्षिक गतिविधी प्रस्तुत गर्दै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । त्यस्तै आजको कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमुख अतिथिको हातबाट सदस्यता पत्र हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रममा सचेतना समाजका सल्लाहकार प्रा. श्यामकृष्ण विष्टले संस्थाले हालसम्म गरेका कार्यहरुबारे कार्यक्रममा प्रष्ट पार्नुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नागरिक सचेतना समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545