Techie IT
शनिबार, वैशाख ६,२०८२

बम विस्फोटमा घाइते भएका दुई युवकमध्ये एकको मृत्यु


बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका दुई युवकमध्ये एकको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले बताएका छन् ।

विष्फोटमा गम्भीर घाइते भएका अर्का एक युवकको भने लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासी दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा एक्कासि विष्फोट हुँदा दुई जना बिहीबार दिउँसो गम्भीर घाइते भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ##एकको मृत्यु, ##बम विस्फोट, #बागलुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545