Techie IT
शनिबार, वैशाख ६,२०८२

सङ्खुवासभामा सवारी दुर्घटना, बसमा सवार १५जना यात्रु घाइते


सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स  बस धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।  बस बाटोबाट बीस मिटर तल खसेको बताइएको छ ।

घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवालले बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ## सङ्खुवासभा, #hot, #सवारी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545