Techie IT
आईतबार, वैशाख ७,२०८२

‘खुवालुङ’लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने मुख्यमन्त्री राईको स्पष्टोक्ति


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने बताएका छन्। । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल समेत रहेको शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको अवलोकन गर्दै उनले सम्पुर्ण नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण तथा प्रवद्धर्न गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए ।

जलयात्राको प्रचुर सम्भावना रहको यस ठाउँका बारेमा विज्ञहरुसँगको छलफलबाट खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्न काम अगाडि बढाइएको भन्दै मन्त्री राईले यसमा संघिय सरकारको समेत सहयोग रहने बताए । धार्मिक, संस्कृतिक प्रवद्र्धन तथा सम्पदाको जगेर्ना गरी जलयात्रालाई किमाथाङ्का पुर्याउन अध्ययन तथा अनुसन्धान भएरहेको उनको भनाई छ ।

साथै उनले केही दिन अगाडि सङघीय र प्रदेश सरकारले उक्त ढुङ्गा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको प्रति कटाक्ष गदै यस्ता भ्रम सृजना नगर्न सबैसँग अनुरोध गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##‘खुवालुङ’, #breaking, #मुख्यमन्त्री राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545