Techie IT
शनिबार, वैशाख ६,२०८२

तीन राउन्ड गोली सहित रत्ननगरका तीन जना पक्राउ


चितवन । चितवन प्रहरीले बन्दुकमा लाग्ने तीन राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट बन्दुकमा लाग्ने तीन राउन्ड गोली सहित रत्ननगर नगरपालिका १२ बस्ने निर्मल बुढा मगर, सुलर्भ तामाङ र रत्ननगर नगरपालिका १६ बस्ने इशान लम्साललाइ पक्राउ गरेको हो ।

होली पर्वका क्रम्मा सम्भावित दुर्घटना हुन नदिन चितवन प्रहरीले आज (आइतबार) जिल्लाभरको सुरक्षाको ब्यवस्था कडा बनाएको थियो । यसैक्रम्मा , भोजाडबाट खटिएको प्रहरीको टोलीले शंकास्पद रूपमा आइरहेको मोटरसाइकललाइ रोकेर चेकजाँच गर्ने क्रम्मा चालकले बोकेको झोलाको चश्मा राख्ने ब्यागबाट गोली सहित उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू माथि जिल्ला प्रहरी कार्यालय चितवनले हातहतियार खरखजना सम्बन्धि मुद्दामा  अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545