मोडिफाइ गरी ठूलो आवाज निकाल्ने मोटरसाइकल प्रहरीको निशानामा : ३४ वटा बाइक नियन्त्रणमा

चितवन । चितवनमा मोडिफाइ गरी ठूलो आवाज निकाल्ने ३४ वटा मोटरसाइकललाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले ठूलो आवाजका कारण सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित ट्राफिक प्रहरीलाई मोटरसाइकलमा कडाइ गर्न निर्देशन दिएका थिए ।
जिल्ला सदमुकामसँगै पर्यटकीय क्षेत्रमा मोडिफाइ बाईकका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको तथा सवारी दुर्घटनामा समेत वृद्धि हुनुका साथै ध्वनी प्रदुषण समेत हुने गरेकाले नियन्त्रणमा लिन अभियान थालेको (एसपी) अधिकारीले बताए । अभियानको पहिलो दिन हामीले हिजो (शुक्रबार) मात्रै ३४ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छौँ, (एसपी) अधिकारीले भने, मोटरसाइकल धनी आँफैलाई वर्कशपबाट मेकानिक बोलाइ मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गर्न लगाएका छौँ ।
हामीले पहिलो चरण अन्तर्गत वास्तविक स्वरुपमा बदली सकेपश्चात जरिवाना गराएर अभिभावकको जिम्मा लगाइ पठाउने गरेका छौँ । उनले भने, मोडिफाइ गर्ने मात्र नभइ गराउने पनि उत्तिकै दोषी रहेको बताउँदै सबै वर्कशपहरुलाई बोलाएर एक पटक सचेत गराउने काम गर्ने र पुन: त्यस्तो गल्ती दोह्रोर्याए कडा कार्वाही हुने समेत उनलेे चेतावनी दिए ।
अहिले स्वरुप परिवर्तन गरिएका चर्को आवाजधारी बाइकमा विशेषगरी रोयल इन्फिल्ड (बुलेट), महँगो मूल्यका ठूलो सिसिका बाइकहरु टोललाई नै अशान्त बनाउने गरी कुदाउने गरिन्छ । स्वरुप परिवर्तन गरिएका बाइकले अत्यधिक ध्वनी प्रदूषण गर्छन् । कर्कश आवाज सुनिने गरी टोललाई नै आतंकित बनाएर रातको समयमा शान्तपूर्वक सुत्न समेत नपाउने परिस्थिती बढ्दो छ । चर्को आवाजले सडकमा हिँड्ने बटुवा र अन्य सवारी चालक पनि उत्तिकै आतंकित हुने गर्छन् ।
प्रहरीका अनुसार अधिकांश टिनेज उमेर समूहका व्यक्तिहरुले चलाउने तरिकामा पनि बाइकको आवाजमा भर पर्ने हुन्छ । बजारमा विक्री गरिने हार्टफोर्ड भीआर, क्रस फायर, होन्डा डर्ट बाइक, केटीएम डुक, एक्स क्रसलगायत बाइक मोडिफाइड गरेर चर्को आवाजमा कुद्छन् । टिनेज उमेर समूहका व्यक्तिहरुले मोडिफाइड गरेर बाइक चलाउँदा साथीहरु माझमा आफूलाई अलग्गै देखाउने प्रवृत्ति हाबी हुँदा यस्तो समस्या देखिएको हो ।
बाइकबाट फिल्टर निकाल्ने, साइलेन्सर पाइप झिक्ने, बाइकको उचाइ बढाउने र चर्को आवाज निकालेर कुदाउने मुख्यतः सहर क्षेत्र भन्दा भित्रका बजार गल्लीहरुमा व्याप्त भेटिने गरेको ट्राफिक प्रहरीहरु बताउँछन् । यस्तै, साइलेन्सरको पाइपमा रेडबुलको बट्टा हालेर समेत ठूलो आवाज आउने बनाउने गरेको पाइएको चितवनका प्रहरी प्रमुख (एसपी) अधिकारीले बताए ।
‘सम्भावित भित्रका टोलहरुमा पनि हामीले प्रहरी परिचालन गरी चेकिङ बढाएका छौं,’ उनले भने, ‘ट्राफिक नजिक पर्दा सामान्य अवस्थामा चलाउने र आँखा छलेर बेस्सरी एक्सिलेटर बटारेर कुदाउने गरेको पाइएको छ ।’ मोडिफाइड गरी कुदाउने बाइक प्रहरीले नियन्त्रणमा लिइसकेपछि सामान्य अवस्थामा नफर्काउँदासम्म बाइक फिर्ता गरिदैनन् ।
साथै, बाइक धनीले ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना अनिवार्य तिर्नुपर्ने अधिकारी बताउँछन् । भरतपुर महानगरभित्र ध्वनी प्रदुषण रोक्न ‘नो हर्न’ अभियान चलाईरहेको छ । अभियानबाट केही हदसम्म सफलता मिलेको भएपनि चर्को आवाज निकाल्ने बाइकले ध्वनी प्रदुषण गरिरहेका छन् ।
सवारी ऐनमा के छ ?
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारी साधन मोडिफाइड गर्दा यातायात कार्यालयबाट स्वीकृत लिनुपर्ने प्रावधान छ । सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसीस परिवर्तन गराउन चाहेमा त्यसरी परिवर्तन गर्न स्वीकृतका लागी सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१४ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने ऐनमा उल्लेख छ ।
त्यसमा पनि सवारी निर्माता कम्पनीले सवारी बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पिसिफिकेसन) मा परिवर्तन गर्ने गरी स्वीकृति दिन पाइँदैन । तर, सवारी धनीले सरोकारवाला निकायबाट स्वीकृति नै नलिई बाइक मोडिफाइड गरेर चर्को आवाजमा चलाउने गर्छन् ।
अनुमती नलिई सवारीको स्वरुप परिवर्तन गर्नु सवारी मापदण्ड विपरित ठहरिन्छ । त्यस्ता मापदण्ड विपरित सवारीलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई अधिकार दिएको छ । यातायात व्यवस्था विभागले मोडिफाइड बाइक कुदाउने चालकलाई ५ सय देखि १५ हजारसम्म जरिवाना गर्न सक्ने अधिकारको अख्तियारी प्रत्यायोजन गरेको हो । कम्पनीबाट नै चर्को आवाज निकाल्ने बाइक बनेर आएपनि ट्राफिकको निशानामा भने पर्ने गरेका छन्
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्