नेपाल आयल निगमले नयाँ भवन बनाउँदै

काठमाडौं । नेपाल आयल निगमले बबरमहलमा केन्द्रीय कार्यालयको नयाँ भवन बनाउने भएको छ । २०७२ वैशाखको भूकम्पले कार्यालय चर्काएपछि निगमले सोही स्थानमा कार्यालयको नयाँ भवन बनाउन लागेको हो ।
भूकम्पका कारण भवन पूर्ण क्षति भएकाले केन्द्रिय कार्यालय रहेको तीनवटै भवनमा सरकारले रातो स्टिकर टाँसेको थियो । लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको निगमले बताएको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । प्रवक्ता उपाध्यायका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइन भूमिगत दुई तलाको पार्किङ हुने र जमीनमाथि १० तलाको भवन बनाइने गरि संरचनाको खाका तयार पारिएको छ ।
जमीनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन बन्ने र छ तलाको टावर बन्ने बताइएको छ । नयाँ बन्ने कार्यालय भवनको कोठा,भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालयमा रहने निगमले बताएको. छ ।
क्याटेगोरी : समाचार
ट्याग : ###नयाँ भवन बनाउँदै, ##नेपाल आयल, #breaking
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्