Techie IT
शनिबार, वैशाख ६,२०८२

स्वास्थ्य मापदण्ड कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन


सरकारले कोरोनाभाइरस संक्रमण थप फैलिन नदिन स्वास्थ्य मापदण्डमा कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

वुधबार गृह मन्त्रालयले परिपत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारीहरुलाई मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नै मन्त्रालयले सभा, सम्मेलन र जुलुस आयोजनामा रोक लगाइसकेको छ ।

त्यस्तै, मन्त्रालयले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, स्वास्थ्य चौकीको अवस्था चेकजाँच गर्न तथा आवश्यक पर्न सक्ने भन्दै क्वारेन्टिन र आइसोलेसनको व्यवस्थाका लागि पनि मन्त्रालयले निर्देशन गरेको छ ।

एक वर्षअघि क्वारेन्टिन र आइसोलेसन बनाइएका विद्यालय तथा अन्य भवनहरुको अपडेट गर्न मन्त्रालयले भनेको छ ।

त्यस्तै, स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न समेत प्रजिअहरुलाई निर्देशन दिइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृह मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545