राधाकृष्ण नगरसुधार संस्थाको जनचेतनामुलक सरसफाई अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न

सीता पौडेल
काठमाडौं । काठमाडौं ढङ्गेधार एराहिटीको राधाकृष्ण नगर सुधार संस्थाले नेप्सेम्याकसँगको सहकार्यमा जनचेतनामुलक सरसफाई अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले शनिवार विहान नर्सरीचोकदेखी रानीवन बुद्धचोकसम्मको मूल सडक तथा सडकको दायाँबायाँ किनारा र नालीका फोहोर संकलन गर्ने ,झाडी फाँड्ने , विजुलीका लत्रिएका तारहरु मिलाउँदै बातावरण सरसफाई कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको हो । उक्त सरसफई अभियानमा सहभागी आयोजक संस्थाका पदाधिकारीहरु ,संस्थाका सल्लाहाकारहरु , नेप्सेम्याकका प्रतिनिधिहरु ,नेपाल प्रहरी रानीवन अस्थायी बीटका प्रतिनिधिहरु ,उपभोक्त समुहका प्रतिनिधिहरु लगायतले बाटोको दायाँबायाँका व्यवसायीहरुलाई आफ्नो पसलको वरपरको फोहोर आफैले व्यवस्थापन गर्न अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एक नारायण उपाध्यायले यसअघि बसेको कार्यसमितिको वैठकले वातावरण सरसफाई कार्यक्रम अन्तर्गत हरेक महिनाको ७ गते सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरे बमोजिम यो अभियानको थालनी गरेको बताए । सफा , सुन्दर र हराभरा टोल बनाई सभ्य र कर्तव्यनिष्ठ नगरबासीको पहिचान बनाउन आफ्नो संस्थाको विधानमा नै वातावरण सरसफाईलाई प्राथमिकतामा राखेर काम गदै जाने उनको भनाई छ ।
त्यसैगरि यस अभियानमा सहयोगी संस्था नेप्सेम्याकका स हायक सुपरभाइजर दिपक कार्कीले जब सम्म स्थानीय बासी सबैमा आफ्नो टोल आफै सफा गर्नु पर्छ भन्ने भावना जागृत हुँदैन तबसम यस्ता अभियान चलाइरहनु पर्ने आवश्यक्ता औंल्याए । साथै टोल तथा नगरलाई सधैं सफा राख्नका लागी आफ्नो कार्यक्षेत्रभित्रका स्थानिय संघसंस्थाहरुसँग सहकार्य गरिरहने बताए । नेप्सेम्याकले आफ्नो कार्यक्षेत्र निर्धारण गरि विभिन्न टोलमा हरेकदिन जसो यस्ता अभियानमा सहकार्य गरेर काम गरिरहेको सुपरभाइजर कार्कीको भनाई छ । आफूले पनि फोहोर नगर्ने र अरुले सडकमा फोहोर फलेको देखेमा भन्न हिचकिचाउन नहुने उनको धारणा छ ।
त्यस्तै यस अभियानमा सहभागी नेपाल प्रहरी रानीवन अस्थाई विटका प्रहरी सहायक निरीक्षक कुमार बाबु भट्टले सभ्य र शान्तिपूर्ण टोल निर्माणको लागी प्रहरीले स्थानियसँग नङ र मासुको जस्तो सम्बन्ध स्थापित गरि सभ्य र शान्तिपूर्ण टोल निर्माणमा प्रहरी सधैं प्रतिबद्ध रहेको बताए । उनले भने , अभियान एउटा नमुना र सजग गराउने माध्याम मात्र हो ,आफ्नो टोल बनाउन हरेक व्यक्ति आफैं जागरुक हुनु पर्दछ । प्रहरी शान्ती सुरक्षासँगै स्थानीयका हरेक समस्यामा सहकार्य र हातेमालो गरेर अगाडी बढ्न सधैं प्रतिबद्ध रहेको बताउँदै निरिक्षक भट्टले टोल विकासको लागि हरेक व्यक्ति जगरुक हुनुपर्नेमा जोड दिए ।
स्थापनाकालदेखि यस राधाकृष्ण टोल सुधार संस्थाले टोलको सुधार र विकासका लागि आफ्नो कार्यक्षेत्रभित्रका सबै स्थानियबासीहरुसँगको सहकार्यमा यस्ता धेरै विविध कार्यक्रमहरु गर्दै नगरकै नमुना टोल सुधार संस्थाको रुपमा परिचित हुन सफल भएको संस्थाका उपाध्यक्ष तथा सामाजिक अभियान्ता लाल प्रसाद अर्यालले बताए ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##जनचेतनामुलक सरसफाई अभियान, ##नेप्सेम्याक, ##राधाकृष्ण नगरसुधार संस्था
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्