Techie IT
आईतबार, वैशाख ७,२०८२

दिवाखाजा कार्यक्रमले भरतपुरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी नियमित

सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढ्दै


भरतपुर । चितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । पछिल्लो समय सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु गरेको हो । यसअघि नगरपालिकाले नर्सरीलाई मात्रै दिवा खाजा व्यवस्था गर्दै आएको थियो । दिवा खाजा कार्यक्रमले विद्यार्थी नियमित विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्यले बताएकी छन। ।

दिवा खाजामा महिनाको एक दिन मासु र पुलाउ , त्यसबाहेक तरकारी भुजा, चिउरा, खिर, हलुवा, जाउलोजस्ता स्वास्थ्यवर्दक खाजाको तालिका मिलाएर खुवाउने गरिएको  प्रधानाध्यापक आचार्यको भनाई छ । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्ममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बाल विकासमा ८८ विद्यार्थी रहेकामा खाजा कार्यक्रमपछि ९३ पुगेको प्रधानाध्यापक आचार्यले बताइन ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै १०० विद्यार्थी थपिएको उनको भनाई छ ।जसमा निजी विद्यालय छाडेर आउने पनि छन् । मध्यमस्तरका अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरीलाई यस विद्यालयमा ल्याएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

खैरहनी नगरपालिका नगर प्रमुख लालमणि चौधरीका अनुसार सामुदायिक विद्यालयको नजिता प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी अभिभावक जिम्मेवार हुनु आवश्यक हुन्छ । यसो गर्न सके सामुदायिक विद्यालयबाट पनि निजी विद्यालयको जस्तै नजिता दिन सकिन्छ  । पछिल्लो समय सामुदायिक विद्यालयहरुको नतिजा सुधारोन्मुृख रहेको नगर प्रमुख चौधरीको भनाई छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##hot #विद्यार्थी नियमित, ##चितवनको कङ्काली माध्यमिक विद्यालय, ##दिवा खाजा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545