नागार्जुनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण

सीता पौडेल ,
काठमाडौं। काठमाडौंको कपुरधारा सामाखुशीमा अवस्थित राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपालको आयोजना,नागार्जुन नगरपालिकाको महिला तथा बालबालिका शाखाको समन्वय र बाग्मति प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण गरेको छ ।
केन्द्रले हालै एक कार्यक्रमको आयोजना गरि नागार्जुन नगरपालिकाभित्र बसोबास गर्ने १४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई सहयोगी सामाग्रीहरु वितारण गरेको नगर उप–प्रमुख शुसिला अधिकारीले बताइन् । अपाङ्गगता भएका व्यक्तिहरुको आवश्यक्ततालाई मध्येनजर गरेर विभिन्न खालका सहयोगी सामाग्री वितरण गरिएको उप–प्रमुख अधिकारीको भनाई छ ।
अपाङ्गता भएका व्यक्तिहरुको दैनिकीमा सहजता ल्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता सहयोगी सामाग्री वितरण गरिएको राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपालका अध्यक्ष राम प्रसद ढुङ्गानाले बताए । केन्द्रले कम्बोट चेयर १५ वटा , हृविल चेयर १० वटा, कम्मर वेल्ट १७ वटा , हट व्याग २१ वटा , लठ्ठी १६ वटा , डाइफर १० वटा, वैशाखी र वाकर जस्ता सहयोगी सामाग्री वितरण गरेको केन्द्रका प्रतिनिधि लक्ष्मी आचार्यले बताइन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##राष्ट्रिय अपङ्गगता पूर्नस्थापना केन्द्र नेपाल, ##सहयोगी सामाग्री वितरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्