Techie IT
शनिबार, वैशाख ६,२०८२

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु , ७ जना घाईते


 

चैत्र ,३ काठमाडौं ।

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 

जिल्ला प्रहरीका कार्यालयका अनुसार मृत्यु हुने सबै कमलामाई नगरपालिका-७ बाँसकटेरीका हुन् । मृत्यु हुनेहरुमा ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

 

गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #सिन्धुली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545