लागूऔषध दुब्यसनीबिरुद्ध प्रहरीको जनचेतनामुलक सडक नाटक

चितवन । पछिल्लो पटक समाजमा बढ्दै गइरहेको लागूऔषध दुब्यसनी र घरेलु हिंसा जस्ता सामाजिक अपराधहरुले निम्त्याएको असरलाइ मध्यनजर गर्दै चितवनमा नेपाल प्रहरीले सचेतनामुलक सडक नाटक तथा संगित थेरापी कार्यक्रमको आयोजना गरेको छ ।
आज (मंगलबार) आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा भरतपुरको चौविसकोठीमा लागूऔषध दुब्यसनीबिरुद्ध जनचेतनामुलक नाटक तथा संगित थेरापी प्रस्तुती कार्यक्रमको आयोजना गरिएको हो ।
आज गरिएको सचेतनामुलक सडक नाटक तथा संगित थेरापी कार्यक्रमले सर्वसाधारणलाइ समेत सचेत गराउने काम गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यक्रममा सार्वजनिक सवारीसाधनमा महिलाहरूमाथि हुने गरेको दुर्व्यवहार, लागूऔषधको दुर्व्यसनी तथा कारोबारीहरुको बारेमा समेेत छर्लङ्ग पारिएको थियो ।
किशोर किशोरी लागूऔषध प्रयोगकर्ता बन्नुको पछाडी असफलता, सामाजिक परम्परा तथा कुरीताका साथै, साथीभाईको लहलहैमा लागेर लागूऔषध प्रयोग गर्ने र यस्ले उनीहरुको भबिष्य नै अन्धकारतर्फ पुर्याउन सक्ने भएकोले अभिभावकहरु समेत यस्मा उत्तिकै चनाखो हुनुपर्ने बताइएको थियो । बर्तमान अवस्थामा युवापुस्ता लागूऔषध दुब्यसनीमा कसरी फस्छन र फसिसकेपछि के हुन्छ ? र, यसबाट बच्न के गर्नुपर्छ भन्ने बिषयमा समेत सडक नाटकबाटै प्रस्तुत गरिएको थियो ।
सडक नाटक कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता तथा सुधार गृह सञ्चालक समेत रहेका सुवीन्द्र थापाले आफू साथीहरूको लहैलहैमा लागेर १४ वर्षकै उमेरमा लागूऔषधको दुर्व्यसनीमा फसेको भन्दै यसले पार्ने नकारात्मक असर र आफ्नु अनुभव सुनाएका थिए । साथै, उनलेे लागूऔषधको दुर्व्यसनीले मानिसको भबिष्य नै अन्धकार हुने भएकोले यस्तो कार्यमा नलाग्न युवायुवतीलाई आग्रह गरेका थिए ।
विश्वमा ३० करोडको हाराहारीमा लागूऔषध दुब्यसनी रहेकोमा नेपालमा मात्रै ६ लाख बढी दुर्व्यसनी रहेको छ भने, नेपालमा बर्सेनी नौ हजार बढी लागूऔषध प्रयोगकर्ताहरुले आफ्नु ज्यान नै गुमाउने गरेको एक तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा समाजसेवी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सामाजिक अधिवक्ता तथा विभिन्न बिद्यालयका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्