Techie IT
शनिबार, वैशाख ६,२०८२

अवैध सालको काठ सहित आठ जना पक्राउ


चितवन । मुग्लिङ प्रहरीले अवैध काठसहित ८ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीको टोलीले सोमबार दिउँसो चार बजे अवैध काठ सहित ८ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ईच्छाकानमा गाउँपालिका ४ वस्ने ४० बर्षीया बल बहादुर प्रजा, सोही ठाउँ बस्ने १८ बर्षीया दिवश प्रजा, ३५ बर्षीया जुनमाया चेपाङ, गोरखा गण्डकी गाउँपालिका २ बस्ने २० बर्षीया राजेन्द्र चेपाङ, २२ बर्षीया सुरेश चेपाङ, १९ बर्षीया डम्बर चेपाङ, १९ बर्षकै रेशम चेपाङ र ४५ बर्षीया कुन माया चेपाङ रहेका छन् ।

उनीहरुलाइ गोरखाबाट फिस्लिङतर्फ आउने क्रम्मा ईच्छाकामना गाउँपालिका ३ फिस्लिङबाट अबैध सालको चिरान काठ थान-४७, सिमलको बाकल थान- ६१ नाम्लो लगाएर बोकी फिस्लिङ तर्फ ल्याई रहेको अबस्थामा पक्राउ गरेको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।

(एसपी) अधिकारीका अनुसार पक्राउ परेकाहरु सबैलाइ नियन्त्रणमा लिएर बरामद गरिएको काठको मचुल्का समेत गरी आवश्यक कार्वाहीका लागी जिल्ला बन कार्यालयमा बुझाईएको बताए । पछिल्लो समय चितवन प्रहरीले मातहतका इकाइहरुलाइ कडाइका साथ आफ्नु एरियामा निगरानी बढाउन निर्देशन दिएसंगै चितवनमा प्रहरीले एकपछि अर्को गर्दै सफलता हासिल गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545