ओलिसंगै जाने सम्भावना रहेन ः गौतम
वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक डाकेर गरेका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् ।
यो कदमले ओलीसँग मिल्ने सम्भावना समाप्त भएको उनको प्रतिक्रिया छ ।
गौतमलाई उद्वृत गर्दै उनका प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।’
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि अभियान सञ्चालन गरेका थिए ।
अदातको फैसलाले एमाले र माओवादी ब्यूँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए । तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीका जिम्मेवारी हेरफेर र केन्द्रिय कमिटी विस्तार गरेपछि गौतमको असन्तोष सार्वजनिक भएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्