Techie IT
सोमबार, वैशाख ८,२०८२

एमालेको प्रदेश कमिटीको व्यापक जिम्मेवार हेरफेर (को कुन जिम्मेवारीमा )

एमाले


काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटा प्रदेशका अध्यक्ष परिवर्तन गरेका छन् । आज बालुवाटारमा बसेको ओलीपक्षीय बैठकले एकपक्षीय रुपमा अध्यक्ष र सचिव परिवर्तन गरेको हो ।

नवनियुक्त अध्यक्ष-सचिवमा एकजना पनि झलनाथ-माधव पक्षका छैनन् । आजको बैठकले मंसिर २-६ गतेसम्म पार्टीको १०औं महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए ।

कसको जिम्मेवारी के तोकियो ?
प्रदेश १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल

क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545