Techie IT
शनिबार, वैशाख ६,२०८२

रत्ननगरबाट कौडा खेल्ने तीन जना पक्राउ


चितवन । पूर्वी चितवनको रत्ननगरमा एक लाख चौध हजार चार सय पचास रुपैयाँ सहित कौडा खेल्ने ३ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रत्ननगरको जुवातास नियन्त्रण अभियान अन्तर्गत रत्ननगर प्रहरीले रत्ननगर १६ खैरेटी स्थित राम बहादुर मगरको घरबाट १६ थान कौडा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जना माथि प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख ईन्द्र बहादुर रानाले जानकारी दिए । जुवातास नियन्त्रणमा आक्रमक बन्दै आएको चितवन प्रहरीले (बुधबार) मात्रै गितानगरबाट ३७ हजार रुपैयाँ नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको थियो । पछिल्लोपटक चितवन प्रहरी जुवातास लगायत बिकृती विरुद्ध आक्रमक बन्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545