Techie IT
शनिबार, वैशाख ६,२०८२

कर्तव्य ज्यान सम्बन्धि हत्यामा संलग्न तीन जना पक्राउ


चितवन । चितवन प्रहरीले कर्तव्य ज्यान सम्बन्धि हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । लम्जुङ मर्स्याङ्दी गाउँपालिका वडा नंम्बर ५ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित नारायणगढ बजारमा डेरा गरी बस्ने ४८ बर्षिया गोपाल गुरुङको हत्यामा संलग्न रहेको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गैंडाकोट नगरपालिका वडा नंम्बर २ बस्ने ४२ बर्षीया संजय गजुरेल, भरतपुर महानगरपालिका वडा नंम्बर २७ घर भई भरतपुरमै डेरा गरी बस्ने २५ बर्षिया बिक्रम महतो र कालिका नगरपालिका वडा नंम्बर ७ जुटपानी घर भई नारायणगढ बजारमा बस्दै आएका ३० बर्षीया राम बहादुर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका (एसपी) ओम प्रसाद अधिकारीका अनुसार गत, फागुन १० गते बिहान अन्दाजी साँढे सात बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर ३ मा मृत अवस्थामा फेला परेका गुरुङको बिषयमा गोप्य रूपमा बिभिन्न प्रबिधीहरु अपनाई अनुसन्धान गर्दै जाँदा घट्नामा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको बताए ।

हामीले घटनास्थलको प्रकृती तथा पोष्टमार्टम परीक्षण रिपोर्ट प्रतिवेदन हेर्दा कोही कसैले कुटपीट गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देख्यौं, (एसपी) अधिकारीले भने, त्यसलगत्तै थप गम्भीर भएर अनुसन्धान सुरु गरेपछि हामीले घट्नामा संलग्न रहेका निजहरुलाइ यहीँ फागुन २२ गते भरतपुर महानगरपालिका ३ बाटै पक्राउ गर्न सफल भएका छौँ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा फागुन ९ गते राती भरतपुर ३ मा रहेको जानकी गेष्‍ट हाउसको कोठा नंम्बर ११२ मा गुरुङको कर्तव्य गरी मारी हत्या गरिएको र सोही ठाउँको नगरवनस्थित सडक छेउमा लगी फालेको देखिन आएको समेत (एसपी) अधिकारीले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मृतकले प्रयोग गर्ने एक थान मोबाईल, मृतकको झोला एक थान, मृतकको सर्ट ३ थान, हाफ पाईन्ट दुइ थान, टिसर्ट एक थान र शवलाइ व्यवस्थापन गर्न प्रयोग भएको ना २ ह १२४० नंम्बरको अटो एक थान समेत बरामद गरिएको जनाएको छ । पक्राउ परेकाहरु तीनै जना बिरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ मा रहेको ज्यान सम्बन्धि कसूर अन्तर्गत दफा १७७ अनुसार थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545